जगदीश खरेलसहित पाँच मन्त्री सिफारिस


काठमाडौँ।

जगदीश खरेलसहित पाँच जना मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मदनप्रसाद परियार, अनिल सिन्हा, महावीर पुन, संगिता मिश्रा र जगदिश खरेलको नाम सिफारिस गरेकी हुन्।

अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रालाई स्वास्थ्यमन्त्रीमा नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।

सिह्ना सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सञ्चारमन्त्रीमा सिफारिस भएका खरेल इमेज टेलिभिजनका समाचार प्रमुख हुन्।