काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएको चर्चा बाहिरिएसँगै उनको मन्त्री बन्ने हल्ला पनि चुलिएको छ ।
सचिव बढुवामा असन्तुष्टि जनाउँदै डा. मिश्राले पछिल्ला ६ महिनादेखि बिदा लिएर बसेकी थिइन् । तर ‘जेनजी आन्दोलन’पछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर भएकी थिइन् ।
तर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढेपछि उनले आइतबार बिहान मुख्य सचिवसँग भेट गरी गोप्य छलफल गरी बाहिरिएसँगै सरकारी सेवाबाट प्रधानमन्त्रीको कार्यालयमा आइतबारै राजीनामा दिएको स्रोतले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म मन्त्रीपरिषदको बैठक जारी रहेकाले उनको राजीनामा स्वीकृतिको विषय भने यकिन नभएको स्रोतको भनाई छ ।











प्रतिक्रिया