काठमाडौँको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते


काठमाडौं ।

काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ।

उक्त बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ।