उदयपुर ।
कोशी प्रदेशकी उप सभामुख सिर्जना दनुवारले केी दिन अघि भएको जेन जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा सक्रिए भएका स्वार्थ समुहहरु अझै सल्बलाई रहेकोले हामी सबै होशियार हुनु पर्ने कुरा बताउनु भएको छ ।
शनिबार उदयपुरको गाईघाटमा नेपाल बाल संगठन उदयपुरको नवौँ जिल्ला सभामा प्रमुख अतिथि दनुवारले कार्यक्रमको उद्घाटन गर्दै भदौ २३ र २३ गतेभएको जेन जि आन्दोलनमा युवा भाइ बहिनीहरुको मात्र सहभागिता नभएर त्यस भित्र स्वार्थ समुहको समेत संलग्नता रहेकोले सरकारी तथा व्यक्तिगत सम्पति तोडफोड र आगजनी भएको बताउनु भयो ।
उप सभामुख दनुवारले कोशी प्रदेश सरकराले बालबालिकाहरुको लागि बजेटमा व्यवस्था गरेकोले कार्यक्रमहरु गर्दे जाने र बालबालिकाहरुको हक अधिकार तथा योजना, विकास, संरक्षण, संवद्र्धनमा र शैक्षिक क्षेत्रमा काम गर्नकालागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताउनु भयो ।
सो कार्यक्रममा त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले आफू लामो समयदेखि नै सामाजिक क्षेत्रमा काम गरेको र बालबालिकाको क्षेत्रमा पनि काम गरेकोले उनीहरुको हक अधिकारका साथै मुलुकमा भएका परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनिस.सथागत रुपमा केही परिवर्तन भएको बताउनु भयो ।
नेपाल बालसंगठन उदयपुरका अध्यक्ष भुवन दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा ओरेक नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सविता पोखरेल, नेपाल पत्रकार महासंघका सचिव तुलसी कोइराला, गैर सरकारी महासंघका कार्यबाहक अध्यक्ष सागर नेपाली लगायतका वक्ताहरले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा शनिबार रातीसम्ममा नयाँ कार्य समिति चयन गर्ने तयारी भएको छ ।












प्रतिक्रिया