काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएका अन्तर्विरोधबारे छलफल गर्न बैठक बोलाइएको हो ।
भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेकाले बैठकले त्यसको मूल्याङ्कन गर्ने बताइएको छ ।











प्रतिक्रिया