झापामा फरार ९२ थुनुवामध्ये दुई मात्रै प्रहरी सम्पर्कमा


काठमाडौं ।

भदौ २४ मा भएको आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी हिरासतबाट भागेका ९२ थुनुवामध्ये हालसम्म दुई जना मात्रै प्रहरी सम्पर्कमा आएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको लागुऔषध मुद्दामा रहेका ती दुई जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

बाँकी ९० जना अझै सम्पर्कविहीन छन् ।उक्त घटनामा दमकबाट ५१, अनारमनीबाट ३६ र झिलझिलेबाट ५ जना गरी ९२ थुनुवा फरार भएका थिए । आन्दोलनकै क्रममा आगजनीका कारण मुद्दासम्बन्धी कागजात जलेका थिए भने जिल्लाभरका २३ प्रहरी कार्यालयमा क्षति पुगेको र ९ कार्यालय पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।