काठमाडौँ ।
पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा ध्यानाकर्षण जनाएको छ ।
शनिबार जारी विज्ञप्तिमा महासंघले समाचारप्रति असहमति भए पनि कानुनी बाटो अपनाउन सकिने उल्लेख गर्दै धम्कीमार्फत प्रेस स्वतन्त्रता हनन नगर्न चेतावनी दिएको छ ।
विज्ञप्तिमा बस्नेत र उनका सहयोगीले शाक्यलाई बारम्बार धम्की दिएको उल्लेख गर्दै संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।












प्रतिक्रिया