६ महिनामा ३,६८१ विपद् घटना, २४३ को मृत्यु


काठमाडौँ ।

गत वैशाखदेखि हालसम्म देशभर ३,६८१ विपद् घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ती घटनामा २४३ जनाको मृत्यु, ८६९ घाइते र २४ जना बेपत्ता भएका छन् ।सबैभन्दा धेरै १,२९५ आगलागीका घटना दर्ता भएका छन् जसमा २३ जनाको मृत्यु भएको छ । यस्तै, बाढीका २६३ घटनामा २९ को मृत्यु र २३ बेपत्ता भएका छन् भने ४६३ पहिरोमा २४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, चट्याङले ३८, सर्पदंशले ७७, जनावर आक्रमणबाट २० र हावाहुरीमा ८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा विभिन्न विपद् घटनाबाट ६,५९० परिवार प्रभावित भएका छन् ।