मुगु ।
हिन्दूहरूको महान चाड दशैं नजिकिँदै गर्दा मुगु जिल्लामा आउजाउ गर्ने कर्मचारी, विद्यार्थी तथा बिरामीहरूलाई ठूलो कठिनाइ भएको छ ।
करिब ४ महिना देखि नेपाल एयरलाइन्सको ताल्चा(नेपालगञ्ज मार्गमा हुने उडान बन्द छ भने निजी वायुसेवा कम्पनी समिट, तारा र सिताले पनि बिगतमा नियमित उडान गरेपनि हाल मौसमको कारण देखाउँदै फाटफुट रूपमा मात्र सेवा दिइरहेका छन् । नियमित उडान नहुँदा यात्रुहरू दिनहुँ सास्ती खेपिरहेका छन् ।
सडक यातायात सहज नभएकाले मुगुवासीहरू मुख्यतया वायुसेवा मै भर पर्न बाध्य हुन्छन् । तर लामो समयदेखि विमान सेवा स्थिर नहुँदा कार्यालयमा कार्यरत कर्मचारी, पढाइका लागि जिल्ला बाहिर जानुपर्ने विद्यार्थी र आकस्मिक बिरामी विशेष रूपमा मर्कामा परेका छन् । शिक्षक जानसा मल्ल भन्नुहुन्छ आफू काठमाडौ जानको लागि ४ दिन देखि रारा विमान स्थल जाने आउने गर्दै आएको छु जहाजहरुले उडान भरेका छैनन हामिले सास्ती भोगि रहेका छौ ।
त्यस्तै, स्थानीय बासिन्दाले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने अवस्था आउँदा अझै ठूलो समस्या भएको बताएका छन् । बिरामी लैजान गाडीमा लामो समय लाग्ने भएकाले जीवननै जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ । नेपाल नागरिक उड्यन प्राधिकरण रारा बिमानास्थल ताल्चका प्रमुख रामेल बरियाकाअनुसार निजि स्तरका एयरलाईन्सहरूले दैनिक उडान गर्ने मनसाय भएपनि पटक, पटकको मौसम बदलीका कारण नियमित उडान हुन नसकेको हो ।
नेपाल एयरलाइन्स रारा ताल्चका स्टेसन ईन्चार्ज नवीन कुमार बिष्टकाअनुसार यात्रुहरूको मागलाई ध्यानमा राखेर मुगुका लागि आगामी सोमबारदेखि उडान सुचारु गर्ने तयारी भइरहेको बताउनु भएको छ । उहाँकाअनुसार हाललाई ५ ओटा टिकट अनलाइन गरिएको छ भने केही समय पछि १० वटा टिकट अनलायन गरिने जनाईएको छ । तर यात्रुहरूले दशैं जस्तो चाडपर्वलाई ध्यानमा राख्दै तत्काल नियमित उडान सञ्चालन गर्न माग गरेका छन् ।












प्रतिक्रिया