खसी विवादमा ढुंगामुढा, बाँकेमा एक जनाको मृत्यु


काठमाडौं ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ मा खसी किन्नेलाई लिएर भएको विवादमा एक जनाको मृत्यु भएको छ ।

५२ वर्षीय जाबिद अलीले किन्न ठिक्क पारेको खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो ।

सो क्रममा विपक्षी समूहले प्रहार गरेको ढुंगाले लागेर गम्भीर घाइते भएका अलीको उपचारका क्रममा शुक्रबार निधन भएको प्रहरीले जनाएको छ ।

घटनापछि संलग्न केहीलाई नियन्त्रणमा लिइएको छ ।