काठमाडौं ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ चौरीखर्कबाट वडा नं ५ थामेमा नदी कटान नियन्त्रणका लागि पर्खाल निर्माण गर्न खच्चडमार्फत तारजाली ढुवानी गरिएको छ। सडक सुविधा नपुगेका कारण खच्चडलाई प्रमुख यातायात माध्यमका रूपमा प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो।
गत वर्ष भदौ ३२ गते हिमताल फुटेर आएको बाढीले थामे क्षेत्रमा मानव बस्तीमा क्षति पुर्याएको थियो। त्यसपछि बस्तीलाई सुरक्षित राख्न नदी कटान नियन्त्रणको काम अघि बढाइएको हो।











प्रतिक्रिया