काठमाडौं ।
दशैंलाई लक्षित गर्दै मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा विभिन्न जिल्लातर्फ पठाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार मुगु, जुम्ला र डोल्पाबाट समेत भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै पठाइएको हो। यस वर्ष मुस्ताङकै किसानले मात्रै करिब ६ हजार ६०० वटा च्याङ्ग्रा बाहिर पठाएका छन्।
गत वर्षको तुलनामा यसपटक करिब २० प्रतिशत बढी च्याङ्ग्रा बाहिरी जिल्ला पठाइएको छ। व्यापारीहरूले गोठमै पुगेर च्याङ्ग्रा खरिद गरी पैदलै पोखरा, काठमाडौंलगायत शहरतर्फ लैजाने गरेका छन्। यस वर्ष रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ हजार र माउ च्याङ्ग्रा १३ हजार रुपैयाँ पुगेको व्यापारीहरूले बताएका छन्।
मुस्ताङको उच्च पाटन र हिमाली भेकमा पालन गरिएका च्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले दसैंमा च्याङ्ग्रा मासु खान रुचाउने गरेका छन्।











प्रतिक्रिया