काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संकटबाट निकास दिन सहमतिको बाटो अपनाइएको बताउँदै ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरे ।
संविधानलाई सबैभन्दा बलियो र सार्वभौम भन्दै उनले यसको रक्षा सबैको जिम्मेवारी रहेको स्पष्ट पारे । साथै, रोजगारी सिर्जना, दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राखे मात्र भ्रष्टाचार र बेथितिको अन्त्य गर्न सकिने पनि बताए ।











प्रतिक्रिया