काठमाडौँ।
धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७, शिवपथ रोडस्थित एम.जी. स्टिल इन्डस्ट्रीज प्रा.लि. मा आज भएको आगलागी नेपाली सेनाको श्री विष्णुदल गणले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याएको छ।
प्रारम्भिक रूपमा ठूलो मानवीय क्षति नभएको बताइएको भए पनि उद्योग परिसरमा केही भौतिक क्षति पुगेको अनुमान छ। आगलागीको कारण भने खुल्न बाँकी छ।











प्रतिक्रिया