संविधान दिवसमा डा.शेखर कोइरालाको सन्देश संविधानको रक्षा र सुधार हाम्रो साझा दायित्व


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै संविधानको रक्षा र समयानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।

उनले वर्तमान संविधानलाई सबै देशबासीको प्रतिनिधित्व भएको ऐतिहासिक उपलब्धि बताउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सोचसहित मुलुकलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

कोइरालाले संविधान कार्यान्वयनमा चुनौती आए शान्तिपूर्ण तरिकाले मिलेर समाधान खोज्नुपर्नेमा जोड दिँदै एकता भए असम्भव केही नहुने धारणा राखेका छन्।