काठमाडौँ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभर साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।











प्रतिक्रिया