स्वास्थ्य र परराष्ट्र मन्त्रीमा डा. आचार्यको चर्चा

65.89k
Shares

काठमाडौँ। 

जेन– जी आन्दोलनले सत्ता परिर्वतन गरेपछि बनेको नयाँ सरकारको प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद्लाई पूर्णता दिन राजनीतिक रुपमा स्वतन्त्र रहेको विषय विज्ञको खोजी गरिरहेको सन्दर्भमा स्वास्थ्य र परराष्ट्र मन्त्रीमा डा. रमेश आचार्यको चर्चा भएको छ । 

भ्रष्टाचार विरोधी अभियान सहित भएको जेन– जी आन्दोलनमा सुरु देखिनै सहयोग गर्दै आएका डा. आचार्यलाई स्वास्थ्य वा परराष्ट्र मन्त्री बनाउनु पर्ने सुझाब प्रधानमन्त्री सुशीला कार्कीसम्म पुगेको बताइन्छ । 

लामोसमय चीनमा रहेर स्वास्थ्य सेवामा सक्रिय डा. आचार्यले १०४ भन्दा बढी देशमा स्वास्थ्य सम्बन्धि सेमिनारहरु सञ्चालन गरेका छन् । सोही क्रममा उनको बिभिन्न देशका राष्ट्र प्रमुख एवम् विज्ञ– विशेषज्ञहरुसंग राम्रो सम्बन्ध विकास भएको उनका निकटस्थहरु बताउँछन् ।

दैलेख स्थायी घर भएका डा. आचार्य हाल ललितपुरमा बसोबास गर्दै आई रहेका छन् । 
चिकित्सा विज्ञानमा उपचार तथा अनुसन्धान क्षेत्रमा सक्रिय डा. आचार्यले कोभिड– १९ को समयमा विरामीहरुको उपचार र विदेशी सहयोग भित्राउने कुरामा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

स्वास्थ्य र परराष्ट्र मामिलामा विशेष दखल रहेका डा. रमेश आचार्यलाई स्वास्थ्य वा परराष्ट्र मन्त्री नियुक्त गरेर सरकारलाई थप गति दिन सकिने सरोकारवालाहरुको भनाई छ । डा. आचार्यले सरकारमा रहेर स्वास्थ्य प्रणालीमा सुधार, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, नवीन प्रविधि र अनुसन्धानको क्षेत्रमा योगदान तथा कुटनीतिक सम्बन्ध विस्तार गर्नसक्ने उनीहरुको भनाई छ ।