काठमाडौँ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको बाँया हात काटिएको छ।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा उनी घरमै आक्रमणमा परी जिउँदै आगो लगाइएको थियो। त्यसपछि उनी निरन्तर उपचाररत छिन्।
किर्तिपुरस्थित वन अस्पतालमा उपचारका क्रममा हातमा गम्भीर संक्रमण देखिएपछि चिकित्सकहरूले उनको बाँया हात काट्न बाध्य भएको खनालले जानकारी दिएका छन्।
खनाल स्वयं पनि हाल अस्पतालमै छन्। उनले चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको बताएका छन्।











प्रतिक्रिया