काठमाडौं।
काठमाडौं महानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने संखुवासभा घर भएका ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका-६ औराहास्थित सडकमा वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा.६३ प ३१८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया लालपरी देवीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया