काठमाडौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले देशभर सामान्यतया बदली रही कोशी, मधेस र बागमती प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार, कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका मुख्य नदी तथा तिनका सहायक नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि कमला नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ ।
आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको छ । त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रे, काठमाडौं उपत्यकासहित देशका अन्य दर्जनौं जिल्लामा पनि साना नदीमा आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
बाढी जोखिमका क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले सबैलाई आग्रह गरेको छ ।













प्रतिक्रिया