चाडपर्व लक्षित १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने

1.41k
Shares

काठमाडौँ ।

नजिकिँदो चाडपर्वमा यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्न उपत्यकाभित्र १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा सहायता कक्ष स्थापना गरिनेछ ।

सहायता कक्षमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीको टोली खटिनेछ । सो टोलीले भाडादर तोकिएअनुसार भएरनभएको, सवारीमा दुई चालकको व्यवस्था, क्षमताभन्दा बढी यात्रु राखिएको छ वा छैन, टिकटमा कालोबजारी भएको छ वा छैन लगायतका विषयमा निगरानी गर्नेछ ।

चाडपर्वमा सवारी चाप व्यवस्थापन र दुर्घटनारहित आवागमन सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।