रुकुम पूर्व र बागलुङको सिमानामा गयो भूकम्प


काठमाडौँ।

रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमानामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ८:२५ बजे पतिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।