वर्षादका कारण दाउन्ने सडक एकतर्फी

940
Shares

नवलपरासी। 

निरन्तरकाे वर्षाका  कारण सडक चिप्लो हुँदा  पूर्व पश्चिम राजमार्गकाे दाउन्ने खण्डमा एक तर्फी मात्र यातायात सञ्चालन भइरहेको  छ ।

जिप्रका नवलपरासी पूर्वले दिएकाे जाजकारी अनुसार बुधवार बिहानबाट पश्चिम तर्फ जाने सवारीहरू उकालो बाटाे चिप्लन थाले पछि यातायात एक तर्फी भएको हाे ।

सडक निर्माणकाे काम अधुरै रहेको, खाल्डाखुल्डी र चिप्लो माटाेले गर्दा विनयी २ विश्वकर्मा मन्दिर नजिक समस्या रहदा पश्चिमबाट आएका सवारी मात्र बिस्तारै एक तर्फी क्रस भईरहेकाे सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए  ।

पछिल्लाे १२ घण्टमा जिल्लामा १ सय १९ मिमि पानी परेको जल मापन केन्द्र डण्डाले देखाएको छ भने नारायणी नदी तथा स्थानीय खाेलाहरूमा जल स्तर पनि बढ्दो रहेको छ ।