काठमाडौँ ।
बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत घोषणा गरेका उनले बुधबार उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाएका हुन् ।
भदौ २३ गतेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा भएको अस्वाभाविक बल प्रयोगप्रति दुःख व्यक्त गर्दै उनले राजीनामाको घोषणा गरेका थिए ।
प्राविधिक कारणले ढिलाइ भए पनि आज औपचारिक पत्र बुझाएको बताएका छन् ।राप्रपाको समानुपातिक कोटाबाट २०७९ पुस २८ गते सभामुख निर्वाचित भएका पाठकले घटनाले नेपाली जनताको भावना विपरीत पदमा रहनु उचित नलागेको बताएका छन् ।












प्रतिक्रिया