मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा, यात्रुहरूलाई सावधानी अपनाउन आग्रह


काठमाडौँ ।

गएराति तुइन खोलानजिकै गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडकमा खसेको पहिरो हटाइएपछि बिहान ९ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

गएराति ९ बजे गएको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । तर, सो स्थानमा ढुंगा खसिरहने क्रम नरोकिएकाले यात्रामा विशेष सावधानी अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।