जेनजी आन्दोलनमा हिंसा–आगजनीप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति


काठमाडौं ।

नेपाल मिडिया सोसाइटीले जेनजी समूहको आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि, तोडफोड र आगजनीप्रति गम्भीर आपत्ति जनाएको छ । सोसाइटीले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गर्दै पत्रकार तथा सञ्चार गृहमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो ।

विज्ञप्तिअनुसार कान्तिपुर दैनिक, कान्तिपुर एफएम र कान्तिपुर टिभीको कार्यालय जलेर नष्ट भएको छ भने अन्नपूर्ण दैनिक र एपी वान टिभीमा पनि आगजनी भएको छ ।

सोसाइटीले प्रेस स्वतन्त्रता, नागरिक अभिव्यक्ति स्वतन्त्रता र निजी सम्पत्ति सुरक्षाको संवैधानिक हकलाई जोड दिँदै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।