प्रधानमन्त्री सुशिला कार्कीको मंगलवार तिलगंगामा आंखाको उपचार गरियो


काठमाडौं ।

प्रधानमन्त्री सुशिला कार्कीको आज मंगलवार तिलगंगा आंखा प्रतिष्ठानमा नियमित आंखा परिक्षण गर्दा एउटा आंखा धमिलो भएकोले थप उपचार गरियो ।

नियमित आंखा परिक्षणका क्रममा तिलगंगा आंखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूईट र प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा रिता गुरूङले प्रधानमन्त्री कार्कीको आंखा परिक्षण गर्दा देव्रे आंखा पिसिओ भएकाले सोका लागी याग लेजर डा.गुरूङले गर्नुभएको प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री नियमित परिक्षणका लागी अस्पताल जानुभएको उल्लेख गरिएकोछ ।