दोलखामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते


काठमाडौं ।

दोलखाको बिगु गाउँपालिका–६ आलम्पुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्र्याक्टर सोमबार अनियन्त्रित भई पल्टिँदा विगु–६ का ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल थामी र १५ वर्षीय आशिष थामी रहेका छन्। उनीहरूको उपचारका लागि सिंगटी लगिएको प्रहरीले जनाएको छ।