यो वर्ष पनि पदक पाउने हेरेको हेर्‍यै

६ वर्षदेखि रोकियो


·     काठमाडौैैं । 

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वर्षदेखि रोकिएको पदक यसवर्ष दिने तयारी गरेको थियो । तर जेनजी पुस्ताको कारण पदक पाउने विद्यार्थी हेरेको हेर्‍यै भएका छन् । पदक नपाउँदा २०७६ देखि ०८१ सम्म रोकिएको छ । ०७६ मा ०५७ र यो वर्ष ०८१ मा उत्कृष्ट विद्यार्थीलाई विभिन्न तहको पुरस्कार दिने व्यवस्था थियो ।

 शिक्षा सचिव चूडामणि पौडेलले यो वर्ष सबै पटक दिनेगरी बजेट निकासा भएको बताउनुभयो । तर, आन्दोलनको कारण यो वर्षपनि रोकिएको छ । मन्त्रालयले नेपाली सेनालाई पदक तयार गर्न जिम्मा दिएको थियो  सचिव पौडेलले सम्भव भएसम्म शिक्षा दिवस र नभए अन्यदिन पारेर पदक दिने तयारी गरेका थियौ, अब रोकियो । २०७६ देखि विद्या भूषण पदक आर्थिक अभावका कारण वितरण गर्न नसकेपछि यो वर्ष के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको छ ।

दिवसको अवसरमा विश्वविद्यालय स्तरीय सर्वोत्कृष्ट विद्यार्थी र राष्ट्रिय तथा प्रदेश स्तरका सर्वोत्कृष्ट विद्यालय छनोट गरिन्थ्यो । सर्वोत्कृष्ट विद्यार्र्थी र विद्यालयहरुलाई नेपाल विद्या भूषण पदक तथा नगद राशिले सम्मान गरिन्थ्यो । हालसम्म करिब एकहजार विद्यार्थीले पदक पाउन सकेका छैनन ।

  शिक्षामन्त्रीको अध्यक्षतमा गत महिना बसेको बैठकले उत्कृष्ट विद्यार्थीलाई दिइने पदक) नेपाल भूषण क, ख, ग, नेपाल छात्रा विद्या पदक क, ख  र नेपाल प्रविधि विद्या भूषण पदकको घोषणा गरेको थियो । दिवसको अवसरमा सरकारले विश्वविद्यालयस्तरीय सर्वोत्कृष्ट विद्यार्थी र राष्ट्रियस्तरका सर्वोकृष्ट विद्यालय छनोट गरेको छ । सर्वोत्कृष्ट विद्यार्थी र विद्यालयहरूलाई नेपाल विद्या भूषण पदक तथा नगद राशिले सम्मान गरिन्छ ।

नेपाल विद्या भूषण ‘क’ बाट विद्यावारिधि गर्ने विद्यार्थी (विदेशी शैक्षिक संस्थाबाट गरेर आएकालाई समेत) लाई सम्मान गर्ने, नेपाल विद्या भूषण ‘ख’ स्नातकोत्तर तहका विधागत सर्वोत्कृष्ट विद्यार्थीलाई र नेपाल विद्या भूषण ‘ग’ स्नातकतह तथा कक्षा ११, १२ का सर्वोत्कृष्टलाई सम्मान गर्ने प्रचलन छ ।

 विद्यालय हकमा राष्ट्रिय पुरस्कार तथा प्रदेश स्तरीय अर्को क्षेत्रीय पुरस्कार दिइन्छ । राष्ट्रिय पुरस्कारमा देशभरबाट छनोट भएको सर्वोत्कृष्ट विद्यालयलाई दुई लाख राशीको पुरस्कार र प्रदेश पुरस्कार अन्तर्गत प्रदे स्तरका सर्वोत्कृष्ट विद्यालयलाई एक ण्ज्ञछण्एक लाख राशिबाट पुरस्कृत गरिन्छ ।

 कुल भर्ना,विद्यार्थी संख्या, एसईईको पछिल्लो तीन वर्षको नतिजा लगायतलाई आधारमा विद्यालय छनौट गरिन्छ । सबै छनौट भएको थियो तर सरकारले नमनाउने सूचना जारी गरेको छ ।  यो वर्ष हालसम्मको पदक वितरण गर्नेगरी अर्थ मन्त्रालयसँग बजेट माग गरेका थियौ, आउने निश्चित भएपछि हालसम्म छपाई गर्न सकेनौ–सचिव पौडेलले भन्नुभयो ।