“मन्त्री घिसिङको घोषणा : पूर्वाधार पुनर्निर्माण र विद्युतीय सवारीसाधन युगतर्फ नेपाल”


काठमाडौं ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पूर्वाधार तत्काल पुनर्निर्माण गर्ने र नेपाललाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने घोषणा गरेका छन् । उनले सात दिनभित्र कार्यदल गठन गरी चुनौती समाधानका लागि प्रतिवेदन ल्याउने बताएका छन् ।

मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाएर विद्युत खपत बढाउने, उद्योगधन्दा, रेल, मेट्रोदेखि भान्सा र सवारीसाधनसम्म विद्युत प्रयोगमा ल्याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरे । उनले दशैंअघि बाढीपहिरोले क्षतिग्रस्त सडक र पुल अस्थायी रूपमा पुनर्निर्माण गर्ने, लाइसेन्स सफ्टवेयर र इम्बोस्ड नम्बर प्लेट उत्पादन तत्काल सुरु गर्ने प्रतिबद्धता जनाए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधारलाई प्राथमिकता दिने घिसिङले कर्मचारीलाई ‘एक्सन ओरिन्टेड’ भएर काम गर्न निर्देशन दिएका छन् ।