काठमाडौं ।
गत असार ७ गतेदेखि रातिको समयमा बन्द गरिएको विपी राजमार्ग असोज १ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
वर्षा र कमजोर भौगोलिक अवस्थाका कारण काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको थियो।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले आसन्न दशैँ–तिहारमा यात्रुहरूको सहज आवागमन र सडक सुरक्षाका लागि सजगता अपनाउँदै राजमार्गलाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।












प्रतिक्रिया