काठमाडौँ ।
जेनजी प्रदर्शनको अवसरमा प्रहरीको युनिफर्म लगाएर आन्दोलन भड्काउने युवक सुरज कुमार रौनियार भएको खुलेको छ । पर्सा घर भएका रौनियार पूर्व प्रहरी हुन् ।
आपराधिक गतिविधिमा संलग्न भएपछि उनी २०७८ मा प्रहरी सेवाबाट बर्खास्त भएका थिए । हालै न्यूरोडस्थित प्रहरी वृत्त जनसेवा लगायतका कार्यालयमा भएको आगजनी र हतियार लुटपाटमा उनको संलग्नता देखिएको उपत्यका प्रहरी अधिकृतहरूले जनाएका छन् ।
रौनियार यसअघि पनि २०८१ सालमा १० लाख रुपैयाँ लुटपाटको आरोपमा पक्राउ परेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया