काठमाडौँ ।
संसद् सचिवालयले भदौ २४ गते संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा हराएका सामान फिर्ता गर्न सार्वजनिक अनुरोध गरेको छ।
सचिवालयका अनुसार टेबल, कुर्सी, कम्प्युटर, टिभी, माइक लगायतका विद्युतीय सामग्रीहरू अनधिकृत रूपमा लगिएको पाइएको छ।
ती सामान कसले लगेको हो भन्ने जानकारी भए सचिवालयलाई खबर गर्न र घटना सम्बन्धी कुनै भिडियो भए उपलब्ध गराउन समेत अनुरोध गरिएको छ। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने जनाइएको छ।












प्रतिक्रिया