पोखरा ।
जिल्ला मालपोत कार्यालय कास्कीले भवनमा आगलागी भएपछि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगलागी हुँदा सम्पूर्ण अभिलेख जलेर नष्ट भएका थिए।
निमित्त प्रमुख शोभाखर पोखरेलका अनुसार मोठ, रजिस्ट्रेसन, मुद्दा तथा तामेली शाखामा ठूलो क्षति पुगेको छ।
भौतिक तथा प्राविधिक पुनः निर्माण नभएसम्म सेवा सञ्चालन असम्भव भएको कार्यालयले जनाएको छ।
यससँगै कास्कीमा जग्गा रजिस्ट्रेसन, नामसारी, अंशबन्डा, रोक्का, फुकुवा, धितो जस्ता सम्पूर्ण सेवा ठप्प भएका छन्।
पुनः व्यवस्थापन कहिलेसम्म सकिने हो भन्ने अझै टुंगो लागेको छैन।











प्रतिक्रिया