काठमाडौँ ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगलागीबाट राष्ट्रपतिको कार्यालयबाट चोरी भएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टिभी, कुर्सी लगायतका सामग्री बुझाइदिन कार्यालयले आइतबार सूचना जारी गरेको छ ।
कसैले ती सामग्री देखे, भेटे वा आफ्नै साथमा भए कार्यालयमा बुझाइ सहयोग गर्न आग्रह गरिएको छ ।
सूचनामा बुझाउने व्यक्तिको परिचय गोप्य राखिने जनाइएको छ ।












प्रतिक्रिया