काठमाडौँ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ।
उपसभापति पूर्णबहादुर खड्काले आइतबार सार्वजनिक गरेको ६ बुँदे धारणा अनुसार यो निर्णयले संविधान, नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको भावनामा आघात पुर्याएको छ। कांग्रेसले सर्वोच्च अदालतको पूर्ववर्ती फैसलासँग समेत विरोधाभास भएको जनाएको छ।
त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवा माथि भएको भौतिक आक्रमणलाई कांग्रेसले निन्दा गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।













प्रतिक्रिया