काठमाडौँ ।
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले अन्य कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
कपिलवस्तुमा भदौ २३–२५ सम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता समिति बनाएको हो । समितिमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी पनि रहेका छन् ।
यसअघि साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासहितका कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया