काठमाडौँ ।
जेनजी विषयमा भइरहेको विवादका क्रममा ‘हामी नेपाली’ नामक संस्थाले आइतबार रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन कुटाकुटनै भएको छ ।
पत्रकार सम्मेलनका क्रममा संस्थाका सुदन गुरुङले धारणा राख्दै गर्दा केही युवाबीच विवाद सुरु भएको थियो । त्यसक्रममा उनीहरूले सञ्चारकर्मीसँग समेत हातपात गरेपछि स्थिति झन् उग्र बनेको हो ।
उपस्थित केही युवाबीच आपसमा समेत झगडा भएको र पत्रकार सम्मेलनमा घुसपैठ भएको आशङ्का पनि व्यक्त गरिएको छ ।











प्रतिक्रिया