सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं ।

बारा र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बारा, जीतपुरसिमरा–७ मा शनिबार साँझ स्कुटर दुर्घटनामा परेर काठमाडौं तारकेश्वर–४ का २६ वर्षीय जेनिस लामाको उपचारका क्रममा निधन भएको हो। सोही दुर्घटनामा घाइते अर्काको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी नवलपरासी पूर्व, देवचुली–१३ मा शनिबार राति मोटरसाइकल दुर्घटनामा परेर कावासोती–३ का ३२ वर्षीय चुम बहादुर सुनारीको नगर अस्पतालमा मृत्यु भएको हो।

दुबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।