काठमाडौं ।
सुर्खेत र नवलपरासी पश्चिममा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
सुर्खेत, वीरेन्द्रनगर–६ बाट ट्रामाडोल २४० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेटसहित वीरेन्द्रनगर–८ का २१ वर्षीय हरी बुढा पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न अर्का एक जनालाई समेत नियन्त्रणमा लिएको छ भने प्र.ले.का.प्र.०२–००१ प ९९९८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
त्यसैगरी, नवलपरासी पश्चिमको बर्दघाट–१३ सन्ताउन्नपुल नजिकबाट डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन ३९–३९ एम्पुल तथा पाँच थान सिरिन्जसहित चितवनका ४० वर्षीय अजय श्रेष्ठ पक्राउ परेका छन्।
प्रहरीले दुबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया