२६२ किलो गाँजा सहित ३ पक्राउ


काठमाडौं ।

मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले करिब २६२ किलो ५८० ग्राम गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–१८ का श्याम कुमार यादव, सुनसरीकी २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरी सन्जु र निखिललाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा बरामद गाँजा श्याम कुमार यादवको भएको खुलेपछि उनलाई विराटनगर–१८ आईसिपी रोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।