सिन्धुलीमा कृपया फाउण्डेशनद्वारा ऋतम्भरा स्कुल खनियाखर्कमा पोशाक वितरण


काठमाडौं ।

यस सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं ५ स्थित ऋतम्भरा स्कुल खनियाखर्कमा ६१औँ बाल दिवसका अवसरमा सिड्नी, अस्ट्रेलियास्थित कृपया फाउण्डेशनले उपलब्ध गराएको ७७ थान स्विटर, ८० थान बेल्ट र ८० थान टाई वितरण गरी दिवस मनाएको छ ।

भ्रष्टाचार नियन्त्रणको मागसहितको प्रदर्शनमा भएको सरकारी दमन र प्रतिकूल मौसमका कारण भब्य कार्यक्रम आयोजना गर्न नसकी विद्यालयको एउटा कोठामा सीमित भएर कार्यक्रम सम्पन्न गरिएको हो ।

यस विद्यालय ऋतम्भरा स्कुल खनियाखर्कले बाल दिवसको शुभकामना दिंदै कृपया फाउण्डेशनप्रति आभार व्यक्त गरेको छ ।