जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिकामा कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. २, ४, र ५ का १४ जना स्थानीयलाई कुकुरले टोकेपछि घाइते भएका हुन्।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी असिम हमालले बताए । बाटोमा हिडेका स्थानीय लाई कुकुरले टोकेको हो।
घाइते सबैको अवस्था सामान्य रहेको छ। कुकुरबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय जुम्लाले जनाएको छ।











प्रतिक्रिया