काठमाडौं ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्की शनिबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन्। सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि उनले शहीदको सालिकमा माल्यार्पण गर्दै राष्ट्रका लागि जीवन आहुति दिने शहीदप्रति सम्मान प्रकट गरेकी हुन्।
कार्कीले केही बेरमै सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गरेकी छन्। शुक्रबार राति राष्ट्रपतिबाट उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो।
जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पुगेकी कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीशसमेत रहेकी थिइन्। आन्दोलनपछिको अस्थिर अवस्थालाई शान्तिपूर्ण निकास दिन उनका नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।
सरकार गठनसँगै मुलुकलाई स्थायित्व, चुनाव सम्पन्न गर्ने र संविधानअनुसारको व्यवस्थापन गर्ने जिम्मेवारी अहिले अन्तरिम प्रधानमन्त्री कार्कीमाथि आएको छ।











प्रतिक्रिया