काठमाडौं ।
बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला परेका छन्। प्रहरीका अनुसार शनिबार बेलुकी आगलागीपछि ती शव भेटिएका हुन्।
डढेका कारण मृतकहरूको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धान अनुसार सबै मृतक पुरुष रहेका प्रहरीको भनाइ छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीसहित देशका विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी भएको थियो। सोही क्रममा बौद्धस्थित भाटभटेनीमा ठूलो क्षति भएको र त्यही क्रममा चार जनाको मृत्यु भएको अनुमान गरिएको छ।











प्रतिक्रिया