काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दी तथा व्यक्तिहरुलाई कारागारमा फर्कन आग्रह गरेको छ। आयोगले उनीहरु बाहिर रहँदा समाजमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको भन्दै सुरक्षामा रहेका महिलामाथि, बालबालिकामाथि, अपराध पीडित तथा उनका परिवारमाथि मनोवैज्ञानिक असर परेको जनाएको छ।
सुरक्षा निकायले केही कैदी नियन्त्रणमा लिन सफल भए पनि अधिकांश अझै सम्पर्कबाहिर रहेको आयोगले जनाएको छ। यसैगरी प्रदर्शनको क्रममा नेपाल प्रहरीका हतियार र पोशाक नियन्त्रणमा लिइएकाले त्यसको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने जोखिम रहेको चेतावनी दिँदै आयोगले ती हतियार तुरुन्त फिर्ता गर्न आग्रह गरेको छ।
आयोगले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्र बनाउन सुरक्षा निकायलाई आग्रह गर्दै, फरार कैदी वा हतियारबारे जानकारी भए नजिकैको प्रहरीलाई खबर गर्न नागरिकलाई समेत अपिल गरेको छ।












प्रतिक्रिया