एनसिई नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा लवराज ओली


काठमाडौं ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) को १६औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशन भाद्र २२–२३ गते काठमाडौंमा सम्पन्न भएको छ। जिल्ला समितिका प्रतिनिधि र सदस्यहरूको सहभागितामा सम्पन्न सभाले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजना तय गरेको छ।

अधिवेशनले आगामी ३ वर्षका लागि लवराज ओलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। समितिमा राम प्रवेश साह उपाध्यक्ष, दिलमाया विटालु महिला उपाध्यक्ष, टिकाराम आचार्य महासचिव, कमलेश कुमार मण्डल सचिव, जेनी राई कोषाध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।

एनसिई नेपालले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, साझेदार संस्था र शुभेच्छुकप्रति आभार प्रकट गर्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।