ललितपुरमा निषेधाज्ञा हटाइयो


काठमाडौ ।

ललितपुर जिल्लामा जनजीवन सामान्य बन्दै गएसँगै स्थानीय प्रशासनले आज बिहान ११ बजेपछि निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार जारी आदेश स्थगन गरिएको जानकारी दिएका छन्।