डा.बाबुराम भट्टराईको दोस्रो राम्रो विकल्प : संविधान संशोधन र नयाँ निर्वाचन


काठमाडौँ ।

पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई दोस्रो राम्रो विकल्पु को रूपमा लिएका छन्। उनले सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै हालको परिस्थितिमा संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति र त्यसपछि संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएका छन्।

भट्टराईका अनुसार, आन्दोलनकारीहरूले उक्त विकल्पलाई नस्वीकृत गरेपछि र पुराना राजनीतिक दलहरूले आलटाल गर्ने सम्भावना बढेपछि राष्ट्रपतिले संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गरेर, सोही प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्ने विधि सर्वोत्तम हुनेछ।

उनले यसलाई नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै सबै पक्षलाई नयाँ वैकल्पिक राजनीतिक ध्रुवीकरणको लागि अग्रसर हुन आग्रह गरेका छन्।