सुदन किरातीको प्रस्ताव : भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ !


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता र पूर्व मन्त्री सुदन किरातीले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने आवश्यकता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनु भएकोमा बधाई छ। अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ।

यसैगरी, किरातीले आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसको छानबिन गर्न अर्को उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने धारणा पनि राखेका छन्। उनले संविधानका चार खम्बे चरित्र—गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी—को महत्त्वलाई जोड दिँदै भने, यो संविधानले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम समुदायलाई अधिकार सम्पन्न बनाएको छ, यसलाई तलमाथि नगरियोस्, यदि तलमाथि गर्नु भयो भने परिणाम गम्भीर हुनेछ।

किरातीको भनाइले जनतालाई आफ्नो अधिकारको रक्षा गर्नका लागि न्यायिक निकायहरूको सक्रियता र छानबिनको महत्वमा जोड दिन्छ।